मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर — लागू औषध बेचबिखन एवं सेवन गरेको आरोपमा एक युवतीसहित ९ जनालाई मोरङको उर्लाबारी नगरपालिकास्थित एक घरबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको  छ ।

मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ जना पक्राउ

मोरङ प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा राति १० बजेर १० मिनेटमा उर्लाबारी–७ स्थित छोमाई तामाङको घरमा उनीहरुलाई ४ ग्राम ७ सय २७ मिलिग्राम ब्राउन सुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजा र पाँच मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले छापा मार्दा पक्राउ पर्नेहरुमा उर्लाबारी–७, स्कुलडाँडाका २१ वर्षीय ममता तामांग, बरगाछीका २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी–९, भोटेपुलको २८ वर्षीय आकाश लिम्बु, रतुवामाई नगरपालिका इटहराका २२ वर्षीय रुपममान केदेम (लिम्बु), २५ वर्षीय मञ्जिल बस्नेत, रतुवामाई–१० सातमेडिका १९ वर्षीय एन्जील मगर, झापा दमक नगरपालिका–७ बजार लाइनका १९ वर्षीय ससिन शेख र दमक–४ सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार हुन् ।

यस्तै मोरङको उर्लाबारी–३ चन्दनेका ४० वर्षीय हरि गडतौलाको खेतमा थ्रेसर मेसिनबाट धान दाउनी गर्ने क्रममा मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा अचानक आगलागी हुँदा व्यापक क्षति भएको प्रहरीले जनाएको छ ।

मंगलबारेस्थित अस्थायी प्रहरी चौकी र उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको टोली, स्थानीयबासी र दमकलको सहयोगमा दिउँसो २ बजेर ५ मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रण भएको थियो । आगलागीबाट ‘अनटेस्ट’ट्याक्टर, थ्रेसर मेसिन र आठ कठ्ठा खेतको धान समेत गरी करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बलात्कारका फरार पक्राउ

तीन महिनादेखि फरार बलात्कारका आरोपीलाई मंगलबार मोरङको रंगेली नगरपालिका–७ स्थित मधुवनी बस्तीबाट प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्ने जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर हुन् । १ साउनमा साँझ ६ बजे छिमेकी कटहरी गाउँपालिकाकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी फरार रहेको अवस्थामा उनलाई प्रदेश १ प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित : मंसिर ३, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?