ताप्लेजुङमा ट्र्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु

 चालकका नाबालक छोरा घाइते, चालक फरार
आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा भएको ट्र्याक्टर दुर्घटनामा सहचालक दले गुरुङको मृत्यु भएको छ । चालकका अन्दाजी ६ वर्षीय छोरा किर्जम थापा घाइते भएका छन् । चालक कृष्ण थापा भने फरार रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु

बुधबार दिउँसो ओझागाउँबाट खोक्लिङ आउँदै गरेको लु४त ६५४८ नम्बरको ट्र्याक्टर सल्लेरीस्थित कच्ची सडक खण्डमा दुर्घटना भएको थियो । ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ५ मिटर तल भिरमा झरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी खोक्लिङबाट पुगेको प्रहरी र स्थानीयले घाइते बालकलाई उनको आमासँगै उपचारका लागि जिल्ला अस्पताल पठाएको थियो ।

चालकको खोजीमा दोभान इलाका प्रहरी कार्यालयको टोली खटिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : मंसिर ३, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?