झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना : २ को मृत्यु, २ घाइते- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना : २ को मृत्यु, २ घाइते

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका-६ गिरीबन्धु चिया बगानस्थित पूर्वपश्चिम लोकमार्गमा बिहान ११ : ४० बजे दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । आपसमा ठोक्किएर अनियन्त्रित भएको एउटा मोटरसाइकललाई ट्रक र स्कारपियोले समेत ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र पश्चिमतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठोक्किएर अनियन्त्रित भएको ४८४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ६ ख ३३५० र को १ च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी उक्त मोटरसाइकलका चालक बुद्धशान्ति गाउँपालिका-३ का २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार ११ वर्षीय दिप्सन कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ४८४७ नम्बरको मोटरसाइकल पछाडि सवार मृतक बालक कँडेलकी आमा ३९ वर्षीया सावित्रा र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-११ का २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । कँडेल आमा–छोरा लिफ्ट मागेर लिम्बूको मोटरसाइकलमा चढेका थिए ।

प्रकाशित : मंसिर ३, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलको कोरोना अस्पतालमा थप एकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

रोल्पाकी सुनिल स्मृति गाउँपालिका-७ की ७७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक १६ गते कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको हो डाक्टर गौतमले बताए । ती महिलामा ज्वरो, दम र मधुमेह सम्बन्धीको समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि बुधबार बिहान उक्त अस्पतालमा बुटवलका ४० वर्षीय संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर ३, २०७७ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×