झन्डै ९ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

जितेन्द्र साह

विराटनगर — ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएका भएको प्रहरीले जनाएको छ ।

झन्डै ९ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी–६ का ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–६ का ३६ वर्षीय हरि खत्री, उक्त महानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी र ३८ वर्षीय शैलेश भुजेल हुन् ।

नगदसहित उनीहरुबाट १३ बुक तास, दुई स्कुटर र दुई मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलुकी करिब साढे ५ बजे प्रदेश १ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । खेलिरहेकै अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रकाशित : कार्तिक १६, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?