१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार आरोपमा दुई युवा पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — सुस्त मनस्थितीकी किशोरीलाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिकाका दुई युवा पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र त्रियुगा नगरपालिका १२ का २५ वर्षीय मोहम्द मोदेबुललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । 

बलात्कार आरोपमा दुई युवा पक्राउ

स १ ह १५७६ नम्बरको अटोमा सवार ती किशोरीलाई अल्लाउदिन र मोदेवुलले सामूहिक बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक गौतमले बताए । किशोरीलाई ती युवकले अटोमा लगेर एकान्त स्थानमा सामूहिक बलात्कार गरेको प्रहरी नायव उपरिक्षक गौतमले बताए । अटो बलात्कारमा सलग्न युवककै भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : कार्तिक १३, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?