कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

यौन शोषणको आरोपमा आफूलाई धामी र माता बताउने पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — झारफुक गरी रोग निको पारिदने भन्दै यौन शोषण गरेको आरोपमा मंगलबार गाईघाटबाट दुई जना पक्राउ परेका छन् ।  

यौन शोषणको आरोपमा आफूलाई धामी र माता बताउने पक्राउ 

आफूलाई धामी बताउने स्थानीय ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीया जुना राईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । २ जना बिरामी महिलासँग एक लाख रुपैयाँ नगद र सुनको औँठी ठगेको र झारफुक गर्ने भन्दै निर्वस्त्र पारेर यौन शोषण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

‘ती महिलालाई जुना राईकै घरको कोठामा राखी ईश्वर र भूत लागेकोलाई उपचार गर्ने र माता उत्तार्ने भन्दै १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठगी गरेको पाइयो,’ प्रहरी उपरीक्षक दाहालले भने, ‘त्यसैगरी शिवजीको रुपमा उपचार गर्न निर्वस्त्र हुनुपर्ने भन्दै यौन शोषण गर्ने गरेका रहेछन् ।’

पक्राउ गरेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेका श्रेष्ठ र राईका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?