कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

प्रदीप मेन्याङबो

सुनसरी — कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् ।

आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

टीका लगाइदिनका लागि इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालले दहीमा मुछेको टीका, जमरा, मीठाई लिएर इटहरी आइसोलेसन पुगेका थिए ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका कतिपयमा दसैंजस्तो चाडबाडमा परिवारबाट अलग रहनु पर्दा न्याश्रो हुने, मानसिक तनाव व्यहोर्नु पर्ने भएकाले आत्मबल बढाउन, सान्तवना दिन टीका, जमरा र मिठाइ लिएर आइसोलेसन सेन्टर पुगेको उपमेयर गौतमले बताइन् ।

उनले भनिन्,'चाडबाडको बेला आइसोलेसनमा बस्नु भनेको कति पीडादायी हुन्छ ? त्यो त आइसोलेसनमा बस्नेलाई मात्र थाहा हुन्छ । उनीहरुको आत्मबल बढाउन जरुरी देखेर नै टीका लगाइदिने व्यवस्था गरिदिएको छ ।'

आइसोलेसनमा बस्दै आएकी ७८ वर्षीया वृद्धाले सबै संक्रमितहरुलाई टिका लगाइदिएकी थिइन् । आइसोलेसनमा बसेका २१ जनालाई उनले कोरोनालाई जितेर दीर्घायुको कामना गर्दै अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्ने आर्शिवाद दिएकी थिइन् ।

संक्रमितहरुले पनि दसैं जस्तो चाडबाडमा परिवारबाट छुटेर बस्‍नुपर्दा नराम्रो लागिरहेको बेला टीका जमराको व्यवस्था गरिदिएर दसैं ल्याइदिएको भन्दै संक्रमितहरुले खुशी भएर इटहरी उपमहानगरपालिकाका उपमेयर गौतमलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित : कार्तिक १०, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?