कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट इटहरीकी वृद्धाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमणबाट सुनसरीमा सोमबार थप एकजनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी इटहरी उपमहानगरपालिका ४ की ७९ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

कोरोनाबाट इटहरीकी वृद्धाको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठका अनुसार कोभिड अस्पतालमा उपचाररत वृद्धाको आइतबार अपरान्ह ४ बजेर ५ मिनेटमा मृत्यु भएपनि औपचारिक जानकारी भने सोमबार मात्र प्राप्त भएको हो ।

उच्च रक्तचाप र मृगौलाको समस्याबाट पीडित वृद्धालाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोभिड अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकै दिन मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?