१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्व सांसद मादेनको घरमा आगलागी

आनन्द गौतम

ताप्लेजुङ — पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी भएको छ । फुङलिङ नगरपालिका-९ हाङदेवामा रहेको घर जल्दा ३९ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

पूर्व सांसद मादेनको घरमा आगलागी

सोमबार दिउँसो घरमा कोहीपनि नभएको बेला आगलागी भएको प्रहरीले जनाएको छ । ‘हामी आमाको घरमा टिका लगाउन गएका थियौं, खाना खाँदै गर्दा छिमेकीले घर जल्दै गरेको खबर गरे,’ मादेनले भने, ‘हिजोदेखि बिजुली झिपझिप गर्दै थियो, त्यसैले जलेको होकी भन्ने आशंका गरेको छु ।’

आगलागीबाट सांसद मादेनको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको मादेनले बताएका छन् ।

शरीरमा लगाएको कपडा बाहेकको केहीपनि सामग्री नजोगिएपछि फुङलिङ नगरपालिकाले राहत सामग्री पुर्याएको छ । ‘मेरोमा चामलसम्म बचेको थिएन, मेयर साबले सामग्री पठाउनु भएको रहेछ,’ मादेनले भने, ‘पुस्तक र मेडल जस्ता दस्ताबेज जलेकोमा पीडाबोध भएको छ ।’

मादेन पहिलो संविधासभामा तत्कालीन माओवादीबाट सांसद बनेका थिए ।

(यसअघि यो समाचारमा आगलागी हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ ।)

प्रकाशित : कार्तिक १०, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?