खोटाङका जिल्ला समन्वय प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना- प्रदेश १ - कान्तिपुर समाचार

खोटाङका जिल्ला समन्वय प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना

डम्बरसिं राई

खोटाङ — खोटाङका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाको आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ । डीएसपी चिमरीयालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जिल्ला समन्वय प्रमुख चाम्लिङले बताए । शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए ।

प्रकाशित : कार्तिक ९, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि आइतबार घर फर्किएका हुन् ।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी तथा आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

१० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।

प्रकाशित : कार्तिक ९, २०७७ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×