२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सामुदायिक वनमा काटेर लुकाइएको काठ बरामद

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मको टोलीले सामुदायिक वनमा लुकाइराखिएको काठ बरामद गरेको छ ।

सामुदायिक वनमा काटेर लुकाइएको काठ बरामद

राँके चेकपोस्टबाट खटिएको टोलीले ३० लाख ७७ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–१३ स्थित मकैबारी ठूलोडुड सामुदायिक वन क्षेत्रबाट १ हजार ७ सय ९ क्युबिक फिट काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपाने नेतृत्वको १० जनाको टोलीले काठ बरामद गरेको हो । चिरान गरेर वनमा राखिएको काठ कसले काटेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ डिभिजन वन कार्यालय पाँचथरमा बुझाइएको श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक ९, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?