कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लागूऔषध काराेबारी पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — लागूपदार्थ ओसारपोसार र बिक्री वितरणमा सक्रिय एक युवा धरान–१७ स्थित धरान चतरा सडकखण्डको सर्दुको नयाँ पुलबाट लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोसी गाउँपालिकाका–६ श्रीपुर जबदीका १९ वर्षीय देवराम यादव रहेका छन् ।

लागूऔषध काराेबारी पक्राउ

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार सर्दु खोलाको नयाँ पुल चेक प्वाइन्टमा ड्युटीमा खटिएका प्रहरी जवान कृष्णकुमार तामाङलाई मोटरसाइलले ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भएर लडेपछि पक्राउ गरिएको थियो । थप खानतलासी गर्दा मोटरसाइकलको लेग गार्डमा झुण्डाएको प्लास्टिकको झोलामा लागूऔषधसहित यादव पक्राउ परेका हुन् ।

शुक्रबार बेलुका करिब ८ बजे पक्राउ परेका यादवको साथबाट १९ बोतल डाइलेक्स डिसि, स्पास्मो प्रोक्सिभन प्लस १ हजार ४ सय ४० क्याप्सुल र नगद १ हजार ३ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीबाट लु ६० प २३४२ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘यादव लागूऔषध कारोबारमा पटकपटक पक्राउ परी जेल सजायसमेत भोगेका युवा हुन् । भर्खरै मात्र जेलबाट छुटेपछि पनि फेरि लागूऔषधकै कारोबारमा सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी पेसेवर कारोबरी भएको देखिन्छ ।’ भारतीय सिमावर्ती बजारबाट खरिद गरेर ल्याएको ती लागूऔषधलाई बढी व्यस्त र प्रहरीको स्थायी चेकपोस्टहरु भएका कोसी हाइवेबाट आउँदा धरान प्रवेश गर्ने तीनकुने चेकपोस्टमा पक्राउ पर्ने सम्भावना बढी भएकाले प्राय प्रहरील जाँच नगर्ने सुनसरीको भित्री गाउँको बाटो भएर आएको बेला यादव पक्राउ परेका हुन् ।

प्रकाशित : कार्तिक ८, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?