ढिस्को खस्दा एकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–७ खेवाङमा ढिस्को खस्दा आएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

भारतको सिक्किम घर भई साँगादिन बस्ने इन्द्रबहादुर गुरुङको घरमा बस्दै आएका ३० वर्षीय दीपक गुरुङको शुक्रबार निधन भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सोही ठाउँका वासु गुरुङसँग मिलेर माछा मार्न खोलाको भित्तामा रहेको ढुङ्गो खोस्रिँदा ढिस्को खसेर दीपकको घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक ७, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?