कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाले धरानका थप दुईको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–८ का दुई महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।

कोरोनाले धरानका थप दुईको मृत्यु

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोज्दा बेड अभाव भएपछि ५४ वर्षीया महिलालाई नोबल अस्पताल लगिएको थियो । बेड नपाएर ६० वर्षीया महिला होम आइसोलेसनमै बस्न बाध्य भएकी थिइन् ।

यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यिनमा होम आइसोलेसनमै मृत्यु हुनेको संख्या १७ छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?