१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार प्रयासका फरार ३ अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — बलात्कार प्रयास मुद्दाका फरार तीन जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार प्रयासका फरार ३ अभियुक्त पक्राउ

मोरङको धनपालथान गाउँपालिका–७ का २१ वर्षीय रोशनकुमार मण्डल, २० वर्षीय जयकृष्ण मण्डल र २३ वर्षीय मञ्जित मण्डल पक्राउ परेका हुन् ।

फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत उनीहरूलाई राति ८ बजे गाउँमा लुकिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनीहरूले २०७६ साउन १५ गते राति ११ बजे धनपालथान–२ स्थित सडक छेउमा १९ वर्षीया र १३ वर्षीयालाई बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?