२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोनाबाट बीपी प्रतिष्ठानमा कर्मचारीको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित ५६ वर्षीया एक महिला कर्मचारीको बुधबार दिउँसो १ बजे मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो हो । 

कोरोनाबाट बीपी प्रतिष्ठानमा कर्मचारीको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठकाअनुसार मृतक महिलामा उच्च रक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका कोभिड १९ का संयोजकसमेत रहेका होस्टल वार्डेन डा इन्द्र लिम्बुकाअनुसार ती महिलाले प्रतिष्ठानको होस्टलको सम्पूर्ण रेखदेख गर्दै आएकी थिइन् । पछिल्लो समयमा होस्टलमा बस्ने विद्यार्थी, इन्टर्नहरुमा पनि कोरोना संक्रमण व्यापक देखिएको थियो । एकैपटकमा २६ जनामा संक्रमण देखिएपछि प्रतिष्ठानले एक साताका लागि होस्टल नै सिलसमेत गरेको थियो ।

डा लिम्बुका अनुसार हालससम्ममा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, हेल्पर गरी ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?