कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क– ६० हजार धरौटी, दैनिक १५ हजार

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।

बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क– ६० हजार धरौटी, दैनिक १५ हजार

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कात्तिक ५ गते साँझ सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा शुल्क तोकिएको जनाएका छन् । संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार कोरोना परीक्षण र उपचार शुल्क तोकिएको प्रतिष्ठानले जनाएको छ ।

महामारी, सरुवा रोगको निःशुल्क उपचारलाई संविधानमै मौलिक हकका रूपमा व्याख्या गरिएकोमा प्रतिष्ठानले कात्तिक ८ देखि लागू हुने गरी उक्त शुल्क निर्धारण गरेको हो । यसअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ । आर्थिक रूपले विपन्न, अशक्त, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकको कोरोना संक्रमणको उपचार गर्नुपरे सिफारिस र परिचयपत्रको आधारमा निःशुल्क पीसीआर जाँच गर्ने उल्लेख छ । तर उपचार शुल्कबारे सूचनामा खुलाइएको छैन ।

‘सरकारले दिएको निर्देशन मानेको हो । मैले आफैं शुल्क तोकेको होइन,’ अस्पताल निर्देशक साहले भने, ‘सरकारले नै कोरोना संक्रमितको उपचार आफैं बेहोर्नुपर्ने भनेको छ ।’

प्रकाशित : कार्तिक ६, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?