२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कटारीमा ३० शय्याको सुविधायुक्त आइसोलेसन निर्माण

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना संक्रमण बढ्दै गएपछि कटारी नगरपालिकाले ३० शय्याको सुविधायुक्त आइसोलेसन निर्माण गरेको छ । कटारी नगरपालिका –३ ताराघारीमा आइसोलेसन निर्माण गरिएको हो । उक्त स्थानमा तत्कालीन नेपाली सेनाको गुल्म रहेको थियो । 

कटारीमा ३० शय्याको सुविधायुक्त आइसोलेसन निर्माण

ताराधारीमा रहेको सेनाको गुल्म वेलसोतमा सरेपछि सेनाले बनाएको भौतिक सरचना नगरपालिकालाई हस्तान्तरण गरेको थियो । अहिले त्यसैलाई मर्मत गरेर आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिका सूचना अधिकारी ओम मिश्रले बताए ।

‘भौतिक संरचना तयारी अवस्थामा रहेकोले आइसोलेसन बनाउन सजिलो भयो’, सूचना अधिकारी मिश्रले भने, ‘बिजुली, पानी, शौचालय, नेटको सुविधासहित आइसोलेन तयार गरिएको छ ।’३ दिनमा ३० वेडको सुविधा सम्पन्न आइसोलेसन तयारी गरिएको उनले बताए ।

पछिल्लो पटक सातायता एक्कासी कटारी नगरपालिका कोरोना संक्रमण व्यापक रुपमा देखा परेको छ । नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, शिक्षा शाखाका सूर्य कार्की लगायत ३० जना संक्रमण भइसकेका छन् । व्यवस्थित आसोलेसन नहुँदा संक्रमित घरमै होम आइसोलेसन, छिमेकी सिन्धुली जिल्लाको दुधौली नगरपालिकको आइसोलेसन बसेर उपचार गरिरहेका छन् ।

संक्रमित दिन दिनै थपिँदै गएका कारण व्यवस्थित आइसोलेसन खाँचो परेकोले करिब २२ लाख रुपैयाँको लागतमा आइसोलेसन निर्माण गरिएको सूचना अधिकारी मिश्रले बताए ।

संक्रमित होम आइसोलेसनमा बस्दा र छिमेकी नगरपालिकाको आइसोलेसनमा राख्दा समस्या भएकोले नगरपालिकाले आसोलेनसन निर्माण गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

आइसोलेसनमा बुधबारबाटै संक्रमित राख्न सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले बताए । आइसोलेसनमा चिकित्सकीय सुविधा कटारी अस्पतालका चिकित्सकले प्रदान गर्ने छ । उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६६ महिलासहित २ सय ८ जना पुगिसकेको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?