१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

धरानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १६ का ९० वर्षीय वृद्धको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

धरानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

उनकाअनुसार पीसीआर जाँच गर्दा ती पुरुषमा असोज ३० गते संक्रमण पुष्टि भएको थियो । अस्पताल भने कार्तिक १ गते अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी रहेका संक्रमितको शव व्यवस्थापनको पहल भइरहेको सहप्रवक्ता श्रेष्ठले बताए ।

यसैबीच धरानमा ३ दिनअघि स्वाब संकल गरिएकामध्ये मंगलबार साँझ थप ३० जना कोरोना संक्रमण पुष्टि भएको छ । बिहानमात्र २ सय ८५ जना संक्रमित थपिएका थिए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले एकैदिन ३ सय १० जना संक्रमित थपिएको बताए । उनकाअनुसार सोमबार स्वाब संकलन गरिएका ६५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : कार्तिक ४, २०७७ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?