कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश नं. १ का सांसद इन्द्रमणि पराजुलीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेशको न्याय प्रशासन तथा विधायन समितिका सभापति समेत रहेका पराजुलीमा केही दिनदेखि ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । 

प्रदेश सांसद पराजुलीमा कोरोना संक्रमण

‘ज्वरो आउने र जिउ दुख्ने भएपछि पीसीआर परीक्षण गराएकोमा नतिजा पोजिटिभ आएको छ’ उनले भने, ‘सजगता अपनाउँदा पनि संक्रमित हुनु पर्‍यो ।’ पराजुली अहिले धनकुटा ७ स्थित निवासमा आइसोलेसनमा छन् ।

गत असोज २२ मा विराटनगरबाट घर आएका पराजुलीले सामाजिक सञ्जालमार्फत आफूसँग सम्पर्कमा रहेका सबैमा सजकता अपनाउन जनाएका छन् । यसैगरी, उनीसँग उनका सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाको महालक्ष्मी १ मारेककटहरेका चालक सन्तोष रायमाझी पराजुलीको निवासमा आइसोलेसनमा छन् ।

कोरोना संक्रमित प्रदेश नं. १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली ।

प्रकाशित : कार्तिक ४, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?