१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कटारी नगर प्रमुखलाई कोरोना

डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृत समेत गरी ४ जनालाई संक्रमण भएपछि आजबाट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कटारी नगर प्रमुखलाई कोरोना

नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, इलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत व्यक्तिमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले वताए ।

कात्तिक १ गते कटारीमा १३ जनालाई कोरोना संक्रमण भएपछि नगरप्रमुख सहित ४ जनाको स्वाब संकलन गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षण रिपोर्ट नगर प्रमुख श्रेष्ठसहित ३ जनाको पोजिटिभ आएको छ । अन्य एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतलाई कोरोना संक्रमण भएपछि कातिक १५ गतेसम्मलाई नगरपालिकका सम्पूर्ण सेवा बन्द गरिएको उप–प्रमुख भिमकुमारी राउतले बताइन् । उनले कटारी क्षेत्रमा कोरोना संक्रमण बढदै गएकाले सबैलाई सर्तकता अपनाउन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध समेत गरेकी छन् ।

यसअघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना संक्रमण भएको थियो । उनीहरुको कोभिड १९ अस्पताल वेल्टारको आइसोलेसनमा उपचार भइरहको छ । अहिलेसम्म जिल्ला २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?