३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुवाको खालबाट १२ जना पक्राउ

जितेन्द्र साह

विराटनगर — मोरङ प्रहरीले सोमबार राति जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट नियन्त्रण लिइएको हो । 

गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद भएको छ ।

चाडबाडको मौसमसँगै प्रहरीले जिल्लाभरि जुवाविरुद्ध अभियान थालेको छ । २३ असोजमा पनि प्रहरीले बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, एक सेट कौडा, ३ बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो । यसअघि भदौ तेस्रो साता कानेपोखरी–७ मा जुवा खेलिरहेका १२ जना पक्राउ परेका थिए ।

पछिल्ला यी तीनै घटना पक्राउ परेकाहरू सुनसरी, मोरंग, झापा र धनुषासम्मका विभिन्न पृष्ठभूमिका व्यक्तिहरू भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कान्तिपुरलाई बताए ।

प्रकाशित : कार्तिक ४, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?