कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म 'लकडाउन'

पर्वत पोर्तेल

काँकडभिट्टा — कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति 'लकडाउन' घोषणा गरेको छ ।

झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म 'लकडाउन'

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ । यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जारी गरेको निर्णय ।

प्रकाशित : कार्तिक २, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?