कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नोबेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

देवनारायण शाह

मोरङ — विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार विराटनगर महानगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

विराटनगर–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगले पीडित उनलाई कोरोना संक्रमण भएपछि असोज २५ उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?