कोसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका १२ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

कोसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उपचार केन्द्रमा भर्ना गरेर उपचार गर्दै आएको तर उपचारकै क्रममा १८ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई आएकै दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी मधुमेका दीर्घरोगी रहेको बस्नेतले सुनाए ।

प्रदेश– १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?