बीपी प्रतिष्ठानमा झापा र सुनसरीका कोरोना संक्रमितको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा झापा र सुनसरीका कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत झापा र सुनसरीका कोरोना संक्रमित दुई  पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धरान उपमहानगरपालिका–१५ बाझगराका ६५ वर्षीय पुरुष र झापाको शिवगन्ज–११ बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये धरानका संक्रमितको शुक्रबार ७ बजेर १५ मिनेटमा र झापाका संक्रमितको ७ बजेर ४५ मिनेटमा मृत्यु भए पनि कोभिड अस्पतालले शनिबार बिहान १० बजेमात्र औपचारिक जानकारी दिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका उनका अनुसार पेटसम्बन्धी सेप्टिक सकका दीर्घ रोगी धरानका पुरुषको पीसीआर जाँच गर्दा असोज २८ गते कोरोना पोजिटिभ रिपोर्ट आएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नसासम्बन्धी रोगी झापाका संक्रमितको असोज २९ गते कोरोना पोजेटि भएको रिपोर्ट आएको भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : कार्तिक १, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

एउटा दलाल कविको कथा

फूलमान वल

कविजी भनिरहन्थे– ‘इमानको मसीले लेख्नुपर्छ कविता नैतिक हुनुपर्छ अक्षरहरू’

सहरका गोष्ठीहरूमा

कवि सम्मेलनहरूमा

भट्टीहरूमा

कविजी दोहोर्‍याइरन्थे–

‘भुइँमान्छेका आँसु र आक्रोशको आरनमा

डढेको हुनुपर्छ कविता

पसिनाको दूर क्षितिजबाट साँझपख भोकै फर्किरहेका

कर्मठ गौंथलीहरूको गीत गाउनुपर्छ कविताले

जब कविताले सुकिला शब्दहरूको छाता ओढ्न थाल्छ

बिम्ब र प्रतीकबीच दलाली गर्न थाल्छ

तब कविता मर्छ

कविता त, एन्टिकरेन्ट हुनुपर्छ एन्टिकरेन्ट !


लेख्दालेख्दै कविता

कविजीको उमेर ढल्किँदै गयो

सँगैका संगीहरू

–मन्त्री बने

–गुन्डा नाइके बने

–ठेकेदार बने

–लाहुरे बने

–जग्गा दलाल बने

तर कविजी कवि नै रहिरहे

लेखिरहे– यो देशमा म एउटा असल मान्छे खोजिरहेछु ।


अचानक एक दिन,

कविजी हराए

सहरका कवि गोष्ठी, सम्मेलन र भट्टीहरूमा

देखिन छाडे कविजी

अखबारका दसैं अंकबाट पनि

कविजीको नाम गुमनाम बन्यो


महिनौंपछि–

काँठको कुनै भित्री गाउँबाट

कविजीको फोन आयो–

‘निकै सस्तोमा जग्गा पाइन्छ है मित्र !

प्लटिङ थालेको छु, कहिले हेर्न आउने ?’

प्रकाशित : कार्तिक १, २०७७ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×