१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नातिको कुटाइबाट घाइते भएका वृद्धको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा नातिको कुटाइबाट घाइते भएका ९० वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको छ । 

सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईको कुटाइबाट घाइते भएका हजुरबुवा फत्तबहादुर राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार मादक पदार्थ सेवन गरेका अबिनाशले सोमबार हजुरबुवालाई कुटपिट गरेका थिए । अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको आफन्तजनले उपचारका लागि धरान लगेका थिए । उनको मृत्यु भएपछि छिन्ताङस्थित इलाका प्रहरी कार्यालयले कुटपिटमा सम्लग्न अबिनाशलाई शुक्रबार नै नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिने एसपी अधिकारीले बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?