कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाँचथरका हिलिहाङ र फालेलुङमा कोभिड अस्पताल

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरका फालेलुङ र हिलिहाङ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएका छन् ।

पाँचथरका हिलिहाङ र फालेलुङमा कोभिड अस्पताल

हिलिहाङ गाउँपालिकामा मंगलबार र फालेलुङ गाउँपालिकामा बिहीबारदेखि अस्पताल सञ्चालन गरिएका हुन् । हिलिहाङले एक जना एमबीबीएस डाक्टर र दुई जना स्टाफ नर्स नियुक्त गरेर अस्पताल चलाएको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिए ।

फालेलुङमा दुई जना स्टाफ नर्स नियुक्त गरिएको छ । डाक्टरको माग गरिए पनि दरखास्त नपरेको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले बताए । दुवै गाउँपालिकाले एक/एक जना कार्यालय सहयोगी यिनै अस्पतालका लागि नियुक्त गरेका छन् । फालेलुङले एमबीबीएस डाक्टरका लागि पुन: दरखास्त आह्वान गरिने जनाएको छ । संघीय स्वास्थ मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँसहित स्थानीय तहको लगानीमा अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको पालिकाहरूले जानकारी दिएका छन् ।

यी अस्पताल तत्काललाई तीन महिनाका लागि सञ्चालन हुने र आवश्यकताअनुसार थप गरिने गाउँपालिकाले जनाएका छन । फालेलुङको अस्पताल प्राङवुङ इलाका स्वास्थ्य चौकी र हिलिहाङको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हो ।

प्रकाशित : आश्विन ३०, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?