१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भालु धपाउन बाँदर तर्साउने यन्त्र !

कान्तिपुर संवाददाता

ओखलढुंगा — घाँसदाउरा गर्न गाउँलेले वन नपुगी घरधन्दा चल्दैन । निस्केकाहरू कतिबेला कालो भालुको आक्रमणमा पर्ने हुन् भन्ने त्रास बढेको छ । भालुको आक्रमणका घटना बढेपछि प्रभावित क्षेत्रमा डिभिजन वन कार्यालयले यन्त्र बाँडेको छ । तर, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउन बनाएको यन्त्रलाई भालुले टेरेको छैन ।

तीन साताभित्र सोलुखुम्बुको तीनवटा फरक/फरक स्थानमा भालुले सर्वसाधारणमाथि आक्रमण गरेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मालिंगो काट्न निस्केका महाकुलुङ–३ छेस्कामका प्रेम कुलुङ र उनका आफन्तको टोली असोज २ मा भालुको आक्रमणमा परे । सख्त घाइते प्रेमलाई नजिकैको स्वास्थ्यचौकी लाने क्रममा बाटैमा मृत्यु भएको थियो । मृतकका भाइसहित अन्य चार जना घाइते भएका थिए ।

गत सोमबार मात्रै सोलु दूधकुण्ड–६ खोरियामा ८० वर्षीया विमाया नेवार भालुको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनलाई घर नजिकै बाटोमै भालुले आक्रमण गरेको थियो । उनको फाप्लु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भोलिपल्ट मंगलबार नै सोलु दूधकुण्ड–१ टाक्सिन्दुकी सीताकुमारी अधिकारी पनि भालुको आक्रमणमा परिन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । भालुको बढ्दो आक्रमणका यी केही प्रतिनिधि घटना हुन् ।

पछिल्लो समय सोलुखुम्बुमा बर्सेनि कालो भालुको आक्रमण बढेको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा पछिल्लो पाँच आर्थिक वर्षमा २४ जनाभन्दा बढी भालुको आक्रमणमा परिसकेका छन् । ०७३/७४ मा तीन जनालाई भालुले आक्रमण गरी घाइते बनाएको थियो । ०७४/७५ मा चार, ०७५/७६ मा आठ र ०७६/७७ मा सात जना भालुको आक्रमणमा परेको तथ्यांक छ । डिभिजन वन प्रमुख डा. इन्द्र सापकोटाले भन्छन्, ‘यो हठात हुने घटना होइन, भालु कसरी मान्छे भएका ठाउँ पुग्छ र झम्टन्छ भन्ने अध्ययन गरिनुपर्ने देखियो ।

प्रकाशित : आश्विन ३०, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?