कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध तथा कर छली अभियोगमा दुई पक्राउ

डम्बरसिं राई

खोटाङ — गाँजा तथा कर छली अभियोगमा दुई युवा पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली बुधबार बेलुका पक्राउ परेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

लागूऔषध तथा कर छली अभियोगमा दुई पक्राउ

उनीहरुबाट ७ केजी गाँजा, गाँजा बनाउने मेसिन एक सेट, १५ बोरा क्याकेट सुर्तीलगायत बरामद गरिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्दै डिएसपी चिमरीयाले लागूऔषधसम्बन्धी मुद्दा दायर गरी म्याद थपेर अनुसन्धान थालिएको बताए । उनका अनुसार राजस्व कर छलीमा पनि मुद्दा चलाउन करदाता सेवा कार्यालय खोटाङलाई पठाइएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?