अरिंगालको टोकाइबाट एकको मृत्यु

डम्बरसिं राई

खोटाङ — अरिंगालको टोकाइबाट जिल्लामा एक पुरुषको ज्यान गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको अरिंगालको टोकाइबाट आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस–दाउरा गर्ने क्रममा शनिबार दिउँसो अरिंगालले टोकेपछि बेहोस भएका राईलाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

प्रकाशित : आश्विन २५, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?