श्रीमती हत्या आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

खोटाङ — मसला पिस्ने ढुंगाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरी शनिबार पक्राउ परेका छन् ।

श्रीमती हत्या आरोपमा पक्राउ

शुक्रबार बिहान घरायसी विवादपछि कुटपिटबाट ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरी घाइते भएकी थिइन् । गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

प्रकाशित : आश्विन २४, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?