श्रीमान्‌को कुटाईबाट श्रीमतीको मृत्यु

डम्बरसिं राई

खोटाङ — श्रीमान्‌को कुटाईबाट शुक्रबार श्रीमतीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान ५ बजे श्रीमान्‌को कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।

बिहान सवा ९ बजे दिक्तेल अस्प्ताल ल्याइएकी गिरीको उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । डिएसपी चिमरीयाका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटना लगत्तै फरार गिरीको खोजी भइरहेको डिएसपी चिमरीयाले जनाए ।

प्रकाशित : आश्विन २३, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?