३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

घाइते हात्तीको उपचार गर्न चितवनको विज्ञ टोली झापामा

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको जंगल चहार्दै आतंक मच्चाउने हात्तीको उपचार गर्न चितवन राष्ट्रिय निकुन्जको विशेषज्ञ टोली झापा आएको छ ।

दृष्टिविहीन वयस्क हात्तीले जिल्लाका विभिन्न स्थानमा उपद्रो मच्चाएपछि डिभिजन वन कार्यालयको पहलमा आएको विज्ञ टोलीले हात्ती पक्रन लागेको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले दृष्टिविहीन हात्ती घाइतेसमेत भएकाले उपचारका लागि पक्रन लागिएको जनाए । घिमिरेले भने, ‘हात्तीलाई भाला प्रहार गरेर घाइतेसमेत बनाइएको पाइएको छ, घाउ र आँखाको उपचारसँगै गरिने छ ।’

वन कार्यालयका प्रमुख घिमिरेका अनुसार अहिले हात्ती मेचीनगर–३ तेलपानीको जंगलमा लुकेर बसेको पाइएको छ । हात्तीलाई बेहोस पार्न डार्ट गनबाट गाेली प्रहार गरिएकाे छ । तर, हात्ती नियन्त्रणमा आउन बाँकी छ ।

हात्तीलाई बेहोस पारेर आँखा र घाउको उपचारपछि पुन: जंगलमै छाडिने जनाइएको छ ।

झापाका जंगलमा एक दर्जन रैथाने हात्ती रहेको वन कार्यालयको अनुमान छ । ती हात्तीहरु तेलपानी, चारआली, जलथल आदि जंगल चहार्दै आएका छन् ।

प्रकाशित : आश्विन २२, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?