२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

डा. केसीको पक्षमा बीपी प्रतिष्ठानका चिकित्सकहरु सडकमा

प्रदीप मेन्याङ्बो

सुनसरी — अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले बुधबार प्रदर्शन गरेका छन् । 

डा. केसीको पक्षमा बीपी प्रतिष्ठानका चिकित्सकहरु सडकमा

१९ औं अनशनको २४ दिन बितिसक्दा पनि सरकारले बेवास्ता गर्दा डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उनीहरुले जीवन रक्षाका लागि सरकारलाई दबाब दिन सडकमा उत्रनु परेको बताएका छन् । प्रदर्शनमा सहभागी एक चिकित्सकले भने, ‘त्रिवि शिक्षण अस्पतालको शय्‍यामा अनशनरत डा केसीको जीवन रक्षाको माग गर्दै हामी चिकित्सकहरु सडकमा उत्रिएका हौं ।’

प्रतिष्ठानबाट निस्केको व्यानर, प्लेकार्डसहितको र्‍याली भानुचोक हुँदै नगरपरिक्रमा गरेको थियो । चिकित्सकहरुले ‘डा.केसीको अनशन मेडिकल माफियालाई टेन्सन’, ‘डा. केसीको जीवन रक्षा गर’ लगायत नारा लगाएका थिए ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आव्हानमा उत्रिएका उनीहरुले डा.केसीको माग तत्काल सम्बोधन गर्न माग गरे । चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउन माग गर्दै डा. केसीले पटक-पटक अनशन बसेपछि सरकारले विगतमा लिखित सम्झौता गरेको थियो । तर ती सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी १९ औं पटकको अनशनमा छन् । जुम्लाबाट अनशन सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् ।


प्रकाशित : आश्विन २१, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?