कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धरानमा सवारी दुर्घटनामा १ को मृत्यु

कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको धरानमा सवारी दुर्घटना हुँदा मंगलबार एक युवकको मृत्यु भएको छ । प्रहरीकाअनुसार धरान १५ बाझगरास्थित त्रिवेणी मार्गमा स्कुटर र मिनी ट्र्याक्टर एकआपसमा ठोकिँदा धरान १४ पिण्डेश्वरका २५ वर्षीय गोकुल तामाङको मृत्यु भएको हो ।

धरानमा सवारी दुर्घटनामा १ को मृत्यु

तामाङका साथी सुस्मन मैनालीले को ३० प १२९६ नम्बरको स्कुटर चलाएका थिए भने मृतक स्कुटर पछाडि बसेका थिए । अचानक को १ च ८८०१ नम्बरको मिनी ट्रयाक्टरसँग स्कुटर ठोक्किएपछि सख्त घाइते बनेका तामाङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक मैनाली सामान्य घाइते भएका छन् । प्रहरीले मिनी ट्याक्टर चालक तुलसी बिकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?