२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेश १ मा एकैदिन २ सय ५५ संक्रमित थपिए, २ सय ८७ डिस्चार्ज

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९६ महिला र १५९ पुरुष हुन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । 

प्रदेश १ मा एकैदिन २ सय ५५ संक्रमित थपिए, २ सय ८७ डिस्चार्ज

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय २२, मोरङमा १ सय २, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३/३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । जसमध्ये विराटनगर महानगरमा मात्रै ८७ जना संक्रमित थपिएका छन् । सुनसरीको धरान उपमहानगरमा ९८ जनामा संक्रमण देखिएको छ । यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ३२ पुगेको छ । जसमा ३ हजार ७ सय २५ जना निको भएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच शनिबार प्रदेश १ बाट २ सय ८७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २ सय ६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जेनरल अस्पताल हरिनगरबाट ९/९, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ । यस प्रदेशमा हालसम्ममा १ लाख २६ हजार ८ सय ९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?