कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोटाङकाे तापखोलामा एक महिला मृत फेला

डम्बरसिं राई

खोटाङ — जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा एक महिला मृत फेला परेकी छन् । स्थानीय ६० वर्षीया ठकुरी राई स्थानीय तापखोलामा बिहीबार बिहान मृत फेला परेकी हुन् ।

बुधबारदेखि सम्पर्कविहीन राई बिहीबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । सम्पर्कविहीन भएपछि खोजी गर्दा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको डिएसपी चिमरीयाले सुनाए ।

राई खोलामा फड्के तर्ने क्रममा खोलामा पानीमा खसेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनी माइतीबाट घर फर्कने क्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरी चौकी खार्ताम्छामा अनुरोध गरेका थिए ।

प्रकाशित : आश्विन १५, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?