बलात्कार प्रयासको आरोपमा २ जना पक्राउ, २ अझै फरार

जितेन्द्र साह

विराटनगर — बलात्कार प्रयासको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङका प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले घटनाको १० महिनापछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार २० वर्षीय मोहम्मद शाहिद मियाँ र २५ वर्षीय मोहम्मद असलम मियाँलाई विराटनगर–८, सुकुम्बासी टोलबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

बलात्कार प्रयासको आरोपमा २ जना पक्राउ, २ अझै फरार

उक्त घटनामा संलग्न अन्य दुई जना २२ वर्षीय मोहम्मद फारुक मियाँ र २० वर्षीय मोहमद हसरत मियाँको खोजी भइरहेको उनले जानकारी दिए ।

उनीहरुले गत ५ मंसिरमा विराटनगर–८, अशोक चोकस्थित प्लटिङ गरेको बाटोमा २२ वर्षीया, २७ वर्षीया र ३३ वर्षीया महिलासँग जबरजस्ती करणी उद्योग गरी फरार भएका थिए ।

पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको एसपी खड्काले बताए ।


प्रकाशित : आश्विन १३, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?