२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल 

पर्वत पाेर्तेल

काँकडभिट्टा — कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल 

कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

स्थानीय संक्रमितहरुलाई उपचारका लागि बाहिर लैजानु नपरोस् भनेर अस्थायी रुपमा अस्पताल खडा गरिएको अध्यक्ष काफ्लेले जनाइन् । उनका अनुसार अस्पताल सञ्चालनका लागि एक एमबीबीएस डाक्टर र दुई जना स्टाफ नर्स पालिकाले नियुक्ति गरेको छ ।

स्थानीय धर्मभक्त माविको क्वारेन्टाइनमा रहेकाहरुलाई सोमबारदेखि अस्पताल परिसरकै क्वारेन्टाइनमा राखिने छ ।

कमल गाउँपालिकामा ४८ जनालाई कोरोना संक्रमण भएको छ । जसमा एक वृद्धको मृत्यु समेत भएको छ । गाउँपालिका अध्यक्ष काफ्लेले गाउँपालिका अब कोरोनामुक्त भइसकेको जनाइन् । उनका अनुसार क्वारेन्टाइनमा रहेका १९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आइतबार घर पठाइएको छ । बाँकी १५ जना क्वारेन्टाइनमा छन् । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : आश्विन १२, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?