प्रदेश १ मा थप १ सय ८१ जनामा कोरोना संक्रमण- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा थप १ सय ८१ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा आइतबार १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएको छ । जसमा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ । संक्रमितमध्ये २ हजार ८ सय २५ जना संक्रमित निको भएका छन् भने ६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : आश्विन ११, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा २४ घन्टामा थपिए ८ सय ९ जना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् ।

२४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

नेपालभर भने २४ घन्टामा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७७ १६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×