१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फाल्गुनन्दमा  पहिरोले पाँच परिवार विस्थापित

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बूङमा पहिरोबाट ५ परिवार विस्थापित भएका छन् ।

फाल्गुनन्दमा  पहिरोले पाँच परिवार विस्थापित

लगातारको वर्षाका कारण आएको पहिरोले इम्बूङ कोल्बूङका लाल बहादुर, मैतबहादुर जहरमान, शङ्खरमान र धिरेन्द्र तामाङको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विस्थापितहरु छिमेकीको घरमा बसेका छन् । उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको वडा नम्बर २ का वडाध्यक्ष बहादुर सिंह नेम्वाङले बताए । गाउँपालिकासँग अनुरोध गरेर उनीहरुको व्यवस्थापनमा सहयोग गरिने नेम्वाङले जानकारी दिए ।

पहिरोले फाल्गुनन्द-१ नवमी डाँडाका विद्यालयमा समेत पहिरोले क्षति पुर्‍याएको शिक्षक दिपक दुलालले बताए । सिद्धदेवी माविको घेराबाराको पर्खाल पहिरोले भत्काएको छ भने नवमी डाँडाकै बालविकास आधारभूत विद्यालय भोगटेनीको शौचालयमा समेत पहिरोले क्षति पुर्‍याएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?