झापामा रेखा खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु

झापा — खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७, स्थित रेखा खोलाले बगाउँदा स्थानीय राजु मर्डीका २ वर्षीय छोरा जीवनको मृत्यु भएको हो ।

बुधबार राति ९ बजेतिर बालक खोलामा डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान ६ घरबाट करिब ३ सय मिटर दक्षिणमा जीवनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मर्डीको घरदेखि करिब १५ मिटर नजिकबाटै रेखा खोला बग्छ । राति घर नजिकै खेल्दाखेल्दै उनलाई खोलाले बगाएको थियो । बालकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?