२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

धनकुटामा घर भत्किँदा बालिकाको मृत्यु

धनकुटा — अविरल वर्षाका कारण गएको पहिरोले घर भत्काउँदा एक बालिकाको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ सिरिसेका धनबहादुर लिम्बुको घर भत्किँदा उनकी ७ वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनबहादुर घाइते भएका छन् । महालक्ष्मी–४ मा स्थानीय फत्तबहादुर पौडेलको गोठ भत्किँदा २५ वटा गाईबाख्रा मरेका छन् ।

घटनास्थलमा चानुवा प्रहरी चौकीबाट उद्धार टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?