कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुनसरीमा थप ६८ जनामा कोरोना पुष्टि

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा मंगलबार दुई ट्राफिक प्रहरीसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान उपमहानगर क्षेत्रमा ३३ जना, इटहरी उपमहानगर क्षेत्रमा १८ जना र दुहवी नगरपालिका क्षेत्रमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीमा थप ६८ जनामा कोरोना पुष्टि

श्रेष्ठले पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन् । संक्रमितमध्ये कतिपयलाई होम आइसोलेसनमा र अधिकांशलाई मोरङको गोठगाउँ, इटहरीको रंगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

धरान उपमहानगरपालिकामा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार संक्रमितमध्ये धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरी, बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया एक युवतीलाई पनि संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयको अनुसार हालसम्म १ हजार ५ सय ३१ जना संक्रमित पुष्टि भएका छन् भने ८ सय ७७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?