३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इटहरीमा सय शय्याको आइसोलेसन तयार

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरी उपमहानगरपालिकाले सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित इटहरी रंगशालाको विभिन्न संरचनामा आइसोलेसन सेन्टर तयार गरेको हो ।

इटहरीमा सय शय्याको आइसोलेसन तयार

उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ र स्थानीय संघसंस्थाको थप आर्थिक सहयोगमा आइसोलेसन सेन्टर तयार गरेको हो । नगर प्रमुख चौधरीका अनुसार आइसोलेसन सेन्टरमा महिला र पुरुषका लागि अलग अलग शौचालय, बाथरुम, निःशुल्क वाइफाई सहित खाने बस्ने सुविधा रहेको छ ।

इटहरी उपमहानगरपालिकाका कोभिड १९ क्वारेन्टाइन व्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले इटहरी उपमहानगरपालिका क्षेत्रमा हालसम्म ४ सय ९ जना कोरोना संक्रमित पुष्टि भएको बताए । ती मध्ये १ सय ५० जना निको भएका छन् ।

प्रकाशित : आश्विन ४, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?