कान्तिपुरकर्मी घिमिरे पुरस्कृत

मोरङ — नेपाल प्रेस युनियन मोरङले कान्तिपुर दैनिक प्रदेश १ ब्युरो प्रमुख माधव घिमिरेसहित दुई जना पत्रकारलाई शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट शनिबार पुरस्कृत गरेको छ ।

कान्तिपुरकर्मी घिमिरे पुरस्कृत

युनियनले कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गरी कान्तिपुरकर्मी घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई नगद १५/१५ हजार राशिको पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार राशि अनलाइन बैंककिङ प्रणालीमार्फत दुबै जनाको बैंक खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । कोरोनाका कारण पत्रकारिता क्षेत्र प्रभावित भएकाले र आम पत्रकार मर्कामा परे पनि राज्यले उपेक्षा गरेको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?