धनकुटामा वर्षात्‌ले ३ घर भत्किए 

रमेशचन्द्र अधिकारी

धनकुटा — लगातारको वर्षात्‌का कारण धनकुटामा ३ घरमा क्षति भएको छ । धनकुटा नगरपालिका १ निगालेका नीरबहादुर ठकुरी र वडा नं।२ भीरगाउँका पृथसिंह दाहाल र धनकुटा ८ मा एक घर भत्किएको प्रहरीले जनाएको छ । लगातारको वर्षात् र केही दिनअघि आएको पराकम्पनको समेत प्रभावले ती घरमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

धनकुटामा वर्षात्‌ले ३ घर भत्किए 

सुरक्षाकर्मी तथा स्थानीय उद्वारमा खटिएका थिए ।

पछिल्लो दुई सातादेखि जिल्लामा वर्षात्‌का कारण अधिकांश ग्रामीण सडकमा क्षति पुगेका छन् । प्रभावित परिवारलाई रेडक्रसले राहत सामग्री वितरण गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?