हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

एलिसा श्रेष्ठ

भोजपुर — हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको शुक्रबार राति निधन भएको छ । हतुवागढी –४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना गरिएकी उनमा जन्डिस र रक्तचापको कमी देखिएको थियो ।

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृत घोषणा गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राइले बताए ।

राईको पार्थिव शरीर भोजपुर ल्याउन यतिबेला गाउँ कार्यपालिकाको आकस्मिक बैठक चलिरहेको अध्यक्ष प्रेम थुलुङ राईले बताए ।

प्रकाशित : आश्विन ३, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?