२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धरानमा अनलाइन प्रणालीबाट राजस्व संकलन 

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि धरान उपमहानगरपालिकाले अनलाइन प्रणालीबाटै कर तथा राजस्व भुक्तानीको व्यवस्था गरेको छ । 

सेवाग्राहीलाई घरबाटै कर तथा राजस्व बुझाउने सुविधाका लागि शुक्रबारदेखि इ-पेमेन्ट सुरु गरिएको हो । धरानका अधिकांश सेवाग्राहीहरु हङकङ, सिंगापुर, बेलायत, ब्रुनाई, भारत, कोरिया, खाडी मुलुकलगायतमा छन् । उनीहरुका लागि पनि इपेमेन्ट सुविधा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

कर तिर्नका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना संक्रमणको कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘यो एकप्रकारले अनलाइन भुक्तानी हो । धरानका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने सिलसिलामा इपेमेन्ट प्रविधि लागू गरेका हौं ।’

विभिन्न खाले कर, राजश्व संकलनबाट उपमहानगरले आन्तरिक आयश्रोतको रुपमा बार्षिक २५ करोडमात्र आम्दानी गर्दै आएको छ । तर यो अनलाइन प्रणालीले उपमहानगरको आन्तरिक आयश्रोत बढ्ने अपेक्षा लिइएको छ ।

प्रकाशित : आश्विन २, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?